Logo

कृति सामुदायीक अस्पताललाई डिजिटल एक्सेरे खरिदकालागी दुई लाखको चेक हस्तान्तरण

                     
Logo १२ पुष २०७८, सोमबार १८:३६    

१२, पुष,कञ्चनरुप ।

कञ्चनरुप १२ स्थित कृति सामुदायीक स्वास्थ्य उपचार केन्द्र रुपनगरलाई अमेरीकामा अध्यनरत ईन्जिनियर कृति पोखरेलले डिजिटल एक्सेरे खरिदका लागी २ लाखको चेक प्रदान गरेकी छन ।

डा. रोहित पोखरेल तथा समाजसेवी कुन्नम पोखरेलकी छोरी ई. कृति पोखरेलले कञ्चनरुप नगरपालिका वडा नं १२ रुपागरमा रकेको कृति सामुदायीक स्वास्थ्य उपचार केन्द्रलाई आफ्नो ब्यतिगत तर्फबाट डिजिटल एक्सेर खरिदका लागी दुई लाखको चेक हस्तान्तरण गरेकी हुन । लामो समय देखी अमेरीका बस्तै आएकी कृतीले सोमबार एक कार्यक्रमको विच कृति सामुदायीक स्वास्थ्य उपचार केन्द्रका संञ्चालक समितिका अध्यक्ष प्रकास प्रसाद दहाललाई चेक हस्तान्तरण गरेकी छन ।

यस अघि सिर्जना फाईनान्सको तर्फबाट ५ लाख ५० हजारको स्वास्थ्य समाग्रीहरु उपलब्ध भएको थियो ।

 

 

https://kanchan24.com/?p=9501


लोकप्रिय छुटाउनुभयो कि ?