Logo

कञ्चनरुपमा तीन दिन स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठी

                     
Logo १६ पुष २०७८, शुक्रबार ०६:२९    

१५ पुष , कञ्चनरुप, ।

कञ्चनरुप नगरपालिका स्वास्थ्य शाखाले तीन दिने स्वास्थ्य संस्था स्तरीय सुक्ष्म योजना तर्जुमा कार्यशाला गोष्ठी सम्पन्न भएको छ ।

युनिसेफको सहयोगमा स्वास्थ्य शाखाले तीन कार्यशाला राष्ट्रिय खोप कार्यक्रम बिहीवार गोष्ठी सम्पन्न गरेको हो

कार्यक्रममा वक्ताहरुले नगरपालिकाको स्वास्थ्य क्षेत्र सन्तोषजनक रहेको बताउँदै स्वास्थ्य क्षेत्रलाई अझ राम्रो बनाउन खोपको तथ्याङ्कलाई चुस्तदुरुस्तराख्नुपर्ने बताए । स्वास्थ्यकर्मीहरुले कार्यशालामा सिकेका कुरालाई व्यवहारमा उतारी खोप कार्यक्रमलाई प्रभावकारी ढंगले अगाडि बढाउने प्रतिबद्धता जाहेरको थिए ।

तीन दिनसम्म कार्यशाला गोष्ठीमा जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादव, युनिसेफ प्रदेश नम्बर २ का सकुक भट्ट, स्वास्थ्य शाखा संयोजक जनस्वास्थ्य अधिकृत रामसेवक यादव, सहसंयोजक सिअहेव अधिकृत डम्बर प्रसाद गुप्ता, सुरेन्द्र प्रसाद यादवले सहजीकरण गरेका थिए ।

 


लोकप्रिय छुटाउनुभयो कि ?