१६ पुष,कञ्चनरुप ।


चिसो हावा सगै वाक्लो हुस्सु र शीतलहरले मधेसका जिल्लाहरुमा जनजीवन कष्टकर बन्न थालेको छ ।
बुधबार र बिहीवार वर्षा भएका कारण चिसो बढेको छ । हिजो हावा चलेपछि आज अत्यधिक कुहिरो लागेको छ भने शीतलहरसँगै अत्यधिक चिसो बढे पछि मानिसहरु घर बाहिर निस्कनै कठिन भएको छ । बजारमा मानिसको चहलपहल पनि कम छ । कुहिरोले बाक्लो कुहिरो र शीतलहरले नजिकै देख्न पनि समस्या हुन थालेको पछि सवारी साधान पनि कम चल्न थालेका छन । चिसो बढेपछि बाहिर काम गर्ने मजदुर बढी समस्यामा परेका छन् ।

खासगरी विपन्न परिवारमा न्यानो लुगाको अभावमा जाडोबाट बच्न मुस्किल भएको छ । शीतलहरबाट बिपन्न वर्षेनी पिरोलिन्छन् । बाक्लो लुगा लगाउन नपाएकै कारण कतिपय विपन्न नागरिकले चिसोका कारण मृत्युवरण गर्नुपरेका धेरै उदाहरण छन् ।












