योगेन्द्र कुमार रौनियार


१८, पृष, कञ्चनरुप ।
सप्तरीको जिल्लाको उत्तरीपूर्वी भेगमा रहेको धार्मिक तथा प्राकृतिक पर्यटकिय स्थल धारापानी क्षेत्र अहिले आन्तरिक पर्यटकको निकै चहल पहल बढेको छ । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर १२ रहेको धारापानी क्षेत्र प्रदेश नम्बर २ मा एउटा छुट्टै पहिचान बन्न गएको छ । कोरोना कहर र लकडाउनका कारण सुनसान रहेको धारापानी क्षेत्र पछिल्ला दिनहरुमा पिकनिक खेल्ल ओनेहरु संख्या बृद्धि भएको छ ।

यस क्षेत्रमा अन्य दिनहरुमा भन्दा शनिबारको दिन पर्यटकहरुको व्यापक घुइचो हुने गरेको छ । अग्रेजी सम्वत २०२२ को पहिलो दिन शनिबार पिकनिक खान र घुम्न आउनहरुको संख्या अन्य बर्षको भन्दा बढि देखिन्थो । सप्तरी जिल्लाका मात्र नभएर छिमेकी जिल्ला २०२२ को पहिलो दिन विभिन्न संघसंस्था प्रतिनिधी तथा विद्यालयका शिक्षक–विद्यार्थीहरु, कर्मचारी लगायत ठुलो संख्यामा पिकनिक खान आएका छन ।
वर्षको बाह्रै महिना आन्तरिक तथा बाह्य पर्यटकको घुइचो लाग्ने गरेको पाइन्छ । त्यति मात्र नभएर धारापानी क्षेत्रमा धमेश्वर मन्दिर रहेकोले भक्तजनको घुँइचो समेत लाग्ने गर्छन् । सो पर्यटकिय तथा धार्मिक स्थलमा विभिन्न समयमा मेला समेल लाग्ने गरको छ ।
सुन्दरी खोलाको किनारमा भैलिएको बगरमा चारैतिर हरीयाली डाडा वन क्षेत्रले घेरिएको यस क्षेत्रको पाकृतिक क्षेत्रको धार्मीक महत्व पनि रहेको छ ।स्कन्द पुराण्मा समेत यस सुन्दरी नदिको उल्लेख पाईन्छ ।
यस्ता प्राकृतिक तथा धार्मिक विशेषताले भरिपूर्ण स्थलहरुको संरक्षण , प्रवद्धन र प्रचार–प्रसार गर्नसके यसले आन्तरिक तथा वाह्य पर्यटनलाई विकास गर्ने र कोरोना कहर पछि थलिएको पर्यटन व्यवसायलाई उकास्ने स्थानीयको विश्वास रहेको छ ।
https://youtu.be/6-oBwsutGeE












