१८, पृष, कञ्चनरुप ।


सप्तरीको सप्तकोशी नगरपालिकामा दुई वटा मोटरसाइकल जुधेर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
कञ्चनपुर–फतेपुर सडक खण्डमा गए राति दुई वटा मोटरसाइकल जुधेर दुर्घटना हुँदा २ युवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

२२ प १५५८ र को २२ प १५५८ नम्वरको मोटरसाईकल एक आपसमा ठोकिन जाद दुर्घटना भएको हो । दुर्घटनामा ३११८ नम्वरकोे मोटरसाइकल चालक कञ्चनरुप नगरपालिका–७ का शुभास बस्नेत र १५५८ नम्बरको मोटरसाईकल चालक उदयपुरको चौदण्डीगढी नगरपालिका–९ का २८ बर्षीय हरि शंकर चौधरीको मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।
दुर्घटनामा बस्नेतकै ३० बर्षीया पत्नी ममता सापकोटा, ८ वर्षीय छोरा सम्मर बस्नेत, १ वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन् ।
त्यसैगरी अर्का १५५८ नम्बरको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका–९ को ३६ वर्षीय रोहित चौधरी घाइते भएको प्रहरी बताएको छ ।













