Logo

प्रचण्डद्वारा २३६८ सदस्यीय केन्द्रीय समिति घोषणा

                     
Logo १८ पुष २०७८, आईतवार १८:५७    

१८ पुष ,काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौं महाधिवेशनको जारी बन्दसत्रमा २३६ सदस्यीय केन्द्रीय समिति घोषणा गरेका छन् ।

प्रज्ञा भवन कमलादीमा जारी बन्दसत्रमा अध्यक्ष प्रचण्डले सहमतिको प्रस्तावको रुपमा केन्द्रीय समिति घोषणा गरेका हुन् । यसअघि बसेको स्थायी समिति बैठकले २२९ जना केन्द्रीय सदस्यको नामावली टुंगो लगाएको थियो ।

माओवादीको विधानअनुसार केन्द्रीय समिति २९९ सदस्यीय हुनुपर्ने हो । तर, बाँकी ७० जना केन्द्रीय सदस्यको नाम भने अध्यक्ष प्रचण्डले घोषणा गरेनन् । समानुपातिकतर्फको क्लटरहरुमा विवाद रहेकाले बाँकी सदस्यको नाम घोषणा नगरिएको एक नेताले बताए ।

माओवादीको विधानअनुसार महाधिवेशनले केन्द्रीय समिति मात्र निर्वाचित गर्नेछ । त्यसपछि बस्ने बैठकले पदाधिकारी चयन गर्ने छ ।


लोकप्रिय छुटाउनुभयो कि ?