२३, पुष,राजविराज ।


बाराका राधेश्याम पटेलको हत्यारालाई कारवाहीको माग गर्दै राष्ट्रिय एकता अभियान सप्तरीले आज राजविराजमा विरोध प्रदर्शन गरेहेको छ ।
छठ पर्व को बेला जेहादी इस्लामिक आक्रमणमा पटेलको उपचारकों क्रममा मृत्यु भएपछि आफन्त र अभियानले हत्यारालाई कारवाहीको माग गर्दै राजविराजको नेता चौकमा विरोध प्रदर्शन गरेको हो ।

उपाध्यक्ष सुनिता साहको नेतृत्वमा भएको प्रदर्शनमा गृहमन्त्री राजीनामा दे, राधेश्याम पटेलको हत्यारालाई कार्यवाही गर, इस्लामिक आतंकवाद बंद गर, मुख्यमंत्री मोहम्मद लालबाबु राउत मुर्दावादका नारा समेत लागेका थिए । प्रदर्शनकारीहरुले गृहमन्त्री बालकृष्ण खाँडको पुतला पनि दहन गरेका थिए ।













