२५ पुष, कञ्चनरुप । सप्तरीको कञ्चनरुप नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृतको कक्षमा लगाईएको ताला ७५ दिन पछि आज खोलिइको छ ।


गत कार्तिक १० गते लगाईको ताला ७५ दिन पछि नेपाली काग्रेस नगर सभापति तथा ५ वडा अध्यक्ष कैलास कुमार साहको अगुवाईमा तथा नेपाली काग्रेस कार्यकर्ता एवम् काग्रेस जनप्रतिनिधहरुको सहयोगमा खुलाईएको हो ।
७५ दिनको अवधिमा हाजिर गराउने र नगराउने विषयमा दुवै पक्ष विच अदालतमा मुदाको जुहारी नै चलेको थियो ।

कार्तिक २८कञ्चनरूपमा कार्यकारी अधिकृत रेणुका साहलाई हाजिर गराउने अदालतको आदेश दिए पनि हाजिर हुन सकेकि थिइन्न ।
ताला बन्दीको ५ राजनीतिक दल बिरोध समेत गरेपछि प्रमुख प्रशासकिय अधिकृतको कक्ष वाहेक अन्य कक्षहरु भने खुल्ला गरिएको थियो ।












