३ माघ, जनकपुरधाम ।


प्रदेश सभा सचिवालयमा भएको मतदानबाट प्रदेश २ को नाम मधेश प्रदेश भएको छ । । प्रदेशको नाम मधेशको पक्षमा ८० जना सांसदले मतदान गरेका छन् ।
प्रदेश २ को स्थायी राजधानी जनकपुरधाम टुङ्गो लागेसँगै प्रदेशको नामकरणका लागि भएको मतदानमा ९९ जना प्रदेश सदस्य सहभागी थिए । जसमा ८० मत ‘मधेस’ प्रदेशमा खसको थियो । प्रदेशको नामकरणका लागि दुई तिहाइ मत आवश्यक पर्दछ । प्रदेशसभामा १ सय ४ जना सदस्य छन् ।

यसअघि ‘मधेस’ नाममा कांग्रेस र एमालेको असहमति रहँदै आएको थियो । तर, वर्तमान सत्ता गठबन्धनका आधारमा कांग्रेसले पनि ‘मधेस’ कै पक्षमा मतदान गरेको बुझिएको छ ।












