Logo

सप्तरीमा कोरोना सङ्क्रमणबाट महिलाको मृत्यु

                     
Logo ४ माघ २०७८, मंगलवार १४:५०    

 ४ माघ, कञ्चनरूप ।

सप्तरीमा कोरोना सङ्क्रमणबाट ७५ वर्षीया महिलाको मृत्यु भएको छ ।

जिल्लाको रुपनी गाउँपालिका –१ की ७५ वर्षीया महिलाको कोरोना सङ्क्रमणबाट गए राति मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

मधुमेह सम्बन्धी समस्याका कारण तीन दिनअघि शनिवार गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना भएकी उनको कोरोना परीक्षण गर्दा पोजिटिभ देखिएको थियो । पिसिएर परीक्षण संक्रमण पुष्टि भएको थियो र गए राति उनको मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीले जनाएको छ ।

आज मात्रै न्यायाधीश र प्रहरीसहित जिल्लाका ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै सप्तरीमा सक्रिय सङ्क्रमितको संख्या १०५ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?