Logo

डाक्नेश्वरी र बोदे बर्साइनमा सशस्त्र प्रहरीको नवनिर्मित भवन उद्घाटन

                     
Logo ४ माघ २०७८, मंगलवार १०:३३    

महेन्द्र सदा

४ माघ पातो ।

सप्तरीको दुई स्थानमा सशस्त्र प्रहरी वेश क्याम बोर्डर आउट पोस्टको नव निर्मित भवनको समुद्घाटन भएको छ ।

प्रदेश नम्बर — २ छिन्नमस्ता बाहिनी बर्दिबासका प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक गणेश ठाडा मगरले एकै दिन डाक्नेश्वरी नगरपालिकास्थित पातो बजारमा र बोदे बर्साइन नगरपालिका ९ सुभरन पटीमा बोर्डर आउट पोस्टको नव निर्मित भवनको समुद्घाटन गरेका हुन  ।

उक्त कार्यक्रममा मन्तव्य राख्दै नायब महानिरीक्षक मगरले भने सुरक्षा र विकास एक अर्काका परिपुरक रहेकोले र राष्ट्र विकासको लागि सुरक्षाको महत्वपूर्ण भूमिका रहेकोले सुरक्षा निकायलाई शान्ति सुरक्षा प्रदान गर्न सबैलाई सहयोग गर्न आग्रह गरे । सो अवसरमा उनले बि ओ पी स्थापनाले यस क्षेत्रमा सिमा वारपार हुने विभिन्न आपराधिक घटनाहरूमा नियन्त्रण आउने विश्वास व्यक्त गरे ।

स्थापना कालमा नयाँ भवन बनाउने देखि जग्गा प्राप्ति सम्म सहयोग गरेकोले डाक्नेश्वरी नगरपालिका नगर प्रमुख शिवनारायण साह तथा  बर्साइन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादवलाई महानिरीक्षक ठाडा मगरले प्रशंसा पत्र प्रदान गरे । उद्घाटन कार्यक्रममा सप्तरीका वशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बोदे बर्साइन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादव, सप्तरी प्रहरी प्रमुख प्रहरी उपशिक्षक अभिनारायण काफ्ले , सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान एसपी नरेश प्रताप साह, इलाका प्रहरी कार्यालय बोदे बर्साइन प्रहरी नायब निरीक्षक जय प्रकाश साह, स्थानीय बुद्धिजीवीको उपस्थिति थियो ।

उक्त उद्घाटन कार्यक्रममा सप्तरीका वशिष्ठ अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम, बोदे बर्साइन नगरपालिका नगर प्रमुख आतेश कुमार सिंह यादव, सप्तरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक अभिनारायण काफ्ले , सशस्त्र प्रहरी उपरीक्षक राजु श्रेष्ठ, राष्ट्रिय अनुसन्धान एसपी नरेश प्रताप साह, इलाका प्रहरी कार्यालय बोदे बर्साइन प्रहरी नायब निरीक्षक जय प्रकाश साह, स्थानीय बुद्धिजीवीको उपस्थिति थियो ।


लोकप्रिय छुटाउनुभयो कि ?