Logo

सप्तरीमा कोरोनाको दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु

                     
Logo ८ माघ २०७८, शनिबार १५:३८    

८ माघ कञ्चनरुप।

सपरीको विष्णुपुर गाउँपालिकामा कोरोनाको दुबै डोज खोप लगाएका पुरूषको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मृत्यु हुनेमा विष्णुपुर ७ का ६५ बर्षीय एक पुरूष रहेका छन् ।उनी कोरोनाको खोप दुबै डोज खोप लगाए पनि उनी विभिन्न रोगबाट पीडित रहेका थिए ।

विरामी परेपछि उनलाई राजविराज स्थित गजेन्द्रनारायण सिंह अस्पतालमा भर्ना गरिएको थियो र उनको पीसीआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको थियो ।

उपचारकै क्रममा शुक्रबार मृत्यु भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

यसअघि सोमबार सप्तरीको रूपनी गाउँपालिको १ कि ७५ वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।

योसंगै कोरोनाको तेस्रो लहरमा संक्रमणबाट मृत्यु हुनेको संख्या सप्तरीमा २ पुगेको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?