१० , माघ काठमाडौं ।


नेपालमा सोमबार १० हजार ३ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण थप ४ जनाको मृत्यु भएको छ ।
देशभर गरिएको १६ हजार ६ सय ५४ जनाको पिसिआर परीक्षणका गर्दा ८ हजार ५४ जना र ४ हजार ५ सय ४७ जनामा एन्टीजेन परिक्षण गर्दा २ हजार २ सय ६५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६५९ जनाको मृत्यु भएको छ ।
थप २ हजार ५४० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ८ लाख २४ हजार २३९ जना निको भएका छन् । हाल नेपालमा ८२ हजार ५५० सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।












