Logo

८ जनाको मृत्यु , १२ हजार बढीमा संक्रमण पुष्टि

                     
Logo ११ माघ २०७८, मंगलवार १७:४०    

११ माघ, काठमाडौं ।

नेपालमा मंगलबार १२ हजार ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ८ जनाको मृत्यु भएको छ ।

देशभर १८ हजार १सय ३ जनाको पिसिआर परिक्षणका गर्दा ९ हजार ४ सय ३२ जना र ७ हजार ८ सय ६ जनामा एन्टीजेन परिक्षण गर्दा २ हजार ५ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ६ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यस्तै थप ३ हजार ४० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ८ लाख २७ हजार २ सय ७९ जना निको भएका छन् । हाल नेपालमा ८८ हजार ९ सय ५४ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?