१२ माघ कञ्चनरूप ।


पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्ण सवरण गाउँपालिका –४ विशालमा रोकी राखिएको ट्रकमा गएराति आगजनी भएको हो ।
कुखुराको दाना बोकेर पूर्वतर्फ गइरहेको ना ५ ख १९११ नम्बरको ट्रक बिग्रिएर रोकी राखिएको अवस्थामा गएराति अज्ञात व्यक्तिले आगजनी गरेका छन् ।

उक्त ट्रक आगजनीबाट ट्रकको अगाडिको भाग पूरै जलेको छ भने अन्य भागमा पनि क्षति पुगेको छ । चालक र सहचालकको खोजी भइरहेको सप्तरी प्रहरीले जनाएको छ । उक्त आगो कञ्चनपुर न.पा. को दमकल, नेपाल प्रहरी र स्थानीय बासीहरूको सहयोगमा आगो निभाइएको प्रहरीले जनाएको छ ।
https://kanchan24.com/?p=10748












