माघ १२, कञ्चनरूप ।


सप्तरीको कञ्चनपुर फत्तेपुर सडक खण्ड स्थित गङ्गाजली खोला नजिक भएको दुर्घटनामा मोटरसाइकल चालकको मृत्यु भएको छ।
सप्तकोसी नगरपालिका –५ गङ्गाजली खोला नजिक भएको दुर्घटनामा मोटरसाइकल चालक सप्तकोसी नगरपालिका भगनीका २७ वर्षीय लाल देब चौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

सप्तकोसीको बलार्दह चोकबाट कञ्चनपुरतर्फ आइरहेको ना. ३ ख ९९३२ नम्बरको ट्रकले स.१० प ४६३५ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
मृतक चौधरीको शव पोस्टमार्टमका लागि राजबिराज स्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको र दुर्घटनाग्रस्त मोटरसाइकल र ट्रकलाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको प्रहरीले जनाएको छ।
https://kanchan24.com/?p=10369
https://kanchan24.com/?p=10311












