

रवि राय
माघ १२, राजविराज ।

राजविराज जेसिसको ४७ औं पदस्थापना तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ ।
सप्तरीको राजविराज स्थित जेसिस भवनमा ओयोजित सो समारोह विच अध्यक्षका रुपमा राजेश मण्डलको नेतृत्वमा नयाँ कार्यसमितिको पद हस्तान्तरण समारोह सम्पन्न भएको हो ।
नेपाल सरकारद्वारा जारी कोरोना महामारीको कारण कार्यक्रममा अधिकतम २५ जनाको उपस्थितिलाई ध्यानमा राख्दै सीमित सहभागीलाई आमन्त्रित गरि सफलतापूर्वक सम्पन्न गरेको छ।
राजविराज जेसीज वर्ष २०२१ को अध्यक्ष जेसी सिद्धार्थ तातेडले वर्ष २०२२ का नवनिर्वाचित अध्यक्ष जेसी राजेश मण्डललाई राजविराज जेसीजका पूर्व अध्यक्षहरू तथा वर्ष २०२० की अध्यक्ष तथा वर्ष २०२२ की निर्वाचन प्रमुख जेसी नानी मैया कटवालको रोहवारमा अध्यक्षको चेन हस्तान्तरण गरेका हुन।
बेलुका ६ बजेर ३० मिनेटमा आरम्भ गरिएको कार्यक्रमको प्रमुख अतिथि राजविराज जेसीज तथा नेपाल जेसीजका पूर्व अध्यक्ष सिनेटर जेसी गोविन्द प्रसाद सिंहले गरेका थिए। कार्यक्रममा राजविराज जेसीजका पूर्व अध्यक्ष तथा वर्ष २०२२ का नयाँ पदाधिकारी जेसीहरूको उपस्थिति रहेको थियो।
कार्यकारी उपाध्यक्ष मनिष दासले स्वागत गरेको कार्यक्रममा अतिथिहरूले २०२२ को कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।
नयाँ निर्वाचित पदाधिकारीहरूमा ९१० जेसी राजेश मण्डल (अध्यक्ष ) ९२० जेसी सिद्धार्थ तातेड ( निवर्तमान अध्यक्ष )
९३० जेसी मनिष दास ( कार्यकारी उपाध्यक्ष ) ९४० जेसी पंकज देव कार्यकारी उपाध्यक्ष ९५० जेसी विप्लव आनन्द ( महासचिव )
९६० जेसी उज्ज्वल काबरा ( कानूनी सल्लाहकार ) ९७० जेसी रंजना चौधरी ( कोषाध्यक्ष ९८० जेसी विक्रम काबरा ( उपाध्यक्ष )
९९० जेसी रवि राय ( उपाध्यक्ष ) ९१०० जेसी सुनित मुन्ना ( उपाध्यक्ष )९११० जेसी सौरभ झा ( उपाध्यक्ष ) गायत रहेका छन












