Logo

जनगणना २०७८ : नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख ९२ हजार

                     
Logo १२ माघ २०७८, बुधबार १५:२८    

१२, माघ काठमाडौं ।

२०७८ को सम्पन्न जनगणनाले नेपालका कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार पुगेको तथ्यांक विभागले जनाएको हो ।

जसमा महिलाको भन्दा पुरुषको संख्या कम छ । ६८ सालको असार महिनामा नेपालको जनसंख्या २ करोड ६४ लाख ९४ हजार ५०४ थियो । यस १० वर्षमा नेपालको जनसंख्या २७ लाखले बढेको छ । यो १० प्रतिशतभन्दा बढी हो ।

जनसंख्या बढेपनि वृद्धिदर भने घटेको छ । बुधबार २०७८ सालको जनगणनाको प्रारम्भिक तथ्यांक सार्वजनिक गर्दै विभागले नेपालको जनसंख्या वृद्धिदर घटेको जनाएको हो । यो वर्षको जनगणनाबाट विगत ८० वर्ष यताकै न्यून जनसंख्या वृद्धिदर पाइएको विभागले जनाएको छ । वि.स. २०६८ सालको जनगणनामा नेपालको कुल जनसंख्या २ करोड ६४ लाख हाराहारी थियो ।

अघिल्लो जनगणनाको तुलनामा २७ लाख वृद्धि हो । यसलाई प्रतिशतमा गणना गर्दा ०.९३ प्रतिशत हुन आउँछ । २०६८ सालको जनगणनामा वृद्धिदर १.३५ प्रतिशत थियो ।

विसं १९९८ को जनगनणायता पहिलोपटक नेपालको जनसंख्या वृद्धिदर १ प्रतिशतभन्दा कम कायम भएको विभागले जनाएको छ ।

यस्तै, नेपाल र भारतबीच विवादमा रहेको दार्चुलाको नेपाली भूमि लिपुलेक, कालापानी तथा लिम्पियाधुराको जनसंख्या पनि जनगणना–२०७८ मा समेटिएको छ । केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठका अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाखभित्र सो भेगको जनसंख्या समेत समेटिएको छ ।

नेपालका सात वटा प्रदेशमध्ये मधेसमा सबैभन्दा बढी जनसङ्ख्या छन् । मधेसमा कुल जनसङ्ख्या मध्येको ६१ लाख २६ हजार २८८ जना मासिन बसोबास गर्ने गरेका छन् । यस्तै, सबैभन्दा कम कर्णाली प्रदेशको जनसङ्ख्या जम्मा १६ लाख ९४ हजार ८८९ जना रहेको पाइएको छ ।

यस्तै, यस अवधिमा वार्षिक जनसङ्ख्या वृद्धिदर लुम्बिनीमा सबैभन्दा बढी १।२५ प्रतिशत प्रतिवर्ष र गण्डकीमा सबैभन्दा कम ०।३० प्रतिशत प्रतिवर्ष छ । दोस्रो धेरै वार्षिक जनसङ्ख्या वृद्धिदर मधेसमा १।२० प्रतिशत प्रतिवर्ष रहेको पाइएको छ । यीबाहेक अन्य प्रदेशको जनसङ्ख्या वृद्धिदर प्रतिवर्ष १ प्रतिशतभन्दा कम छ ।

 


लोकप्रिय छुटाउनुभयो कि ?