१३ माघ कञ्चनरूप ।


राष्ट्रिय जनगणना –२०७८ को प्रारम्भिक नतिजामा उल्लेख भए अनुसार सप्तरीको जनसंख्या ७ लाख ११ हजार ७ सय ५९ रहेको देखाएको छ ।
केन्द्रीय तथ्यांक विभागले बुधवार सार्वजनिक गरेको राष्ट्रिय जनगणना –२०७८ अनुसार घर सङ्ख्या १ लाख २४ हजार ३ सय २४ उल्लेख छ । जसमा परिवार संख्या १ लाख ५१ हजार २ सय ९१ रहेको छ भने महिला संख्या ३ लाख ५४ हजार १ सय ८३ र परुषको संख्या ३ लाख ५७ हजार ५ यस ७५ रहेको तथ्यांकले देखाएको छ ।

सप्तरीका १८ स्थानीय तह मध्ये सबै भन्दा जनसंख्या भएको राजविराज नगरपालिका रहेको उल्लेख छ । राजविराजको जम्मा जनसंख्या ७१ हजार ९ सय ४६ उल्लेख छ जसमा परिवार संख्या १५ हजार १ यस २१ कायम रहेको छ । महिला ३६ हजार ९ सय ४२ र पुरुषको संख्या ३५ हजार ४ रहेको देखाइको छ ।
यसै गरी जनसङ्ख्याको आधारमा कञ्चनरूप नगरपालिका दोश्रो रहेको छ । जम्मा जनसंख्या ५८ हजार ८ सय ८२ उल्लेख छ । परिवार संख्या १२ हजार ६ यस ६२ कायम रहेको छ । महिला २८ हजार ९ सय ४९ र पुरुषको संख्या २९ हजार ९ यस ३३ रहेको देखाइको छ ।
यस्तै खड्क नगरपालिकामा ५४ हजार १ सय ९३ रहेको छ ।
अन्यको पालिकाको शुचि यस्तो छ ।












