Logo

८ हजार १७ जनामा कोरोना संक्रमित पुष्टि  ,१५ जनाको मृत्यु

                     
Logo १३ माघ २०७८, बिहीबार १८:१७    

१३ माघ काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । कोरोना सङ्क्रमणबाट एकै दिन १५ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १५ हजार ७३६ जनाको पीसीआर परीक्षण गर्दा ५ हजार ८१६ जना र ६ हजार ७२ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २०१ जना गरी ८ हजार १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ५ हजार २९२ जना कोरोना संक्रमण मुक्त भएका छन् । बिहीबार थपिएसँगै नेपालमा कोरोना सङ्क्रमितको कूल संख्या १० लाख ६२ हजार १०५ पुगेको छ । यस्तै नेपाल मृत्यु हुनेको संख्या ११ हजार ६८७ पुगेको छ भने ८ लाख ३७ हजार ०४ जना संक्रमणमुक्त भएका छन् ।

 


लोकप्रिय छुटाउनुभयो कि ?