Logo

२४ घण्टामा ६ जनाको मृत्यु , तीन हजार ३१८ संक्रमित थपिए

                     
Logo १५ माघ २०७८, शनिबार १७:१४    

माघ, १५ काठमाडौं, ।

पछिल्लो २४ घण्टामा तीन हजार ३१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ६ जनाको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १०१ जनाको पीसीआर परीक्षण गर्दा ३३ सय १८ जनामा संक्रमण पुष्टि भएको हो।

सोही अवधिमा ४४ सय ६१ जनाको एन्टीजेन परीक्षण गर्दा १५ सय ८६ जनामा संक्रमण पुष्टि भएको छ। मन्त्रालयका अनुसार कुल १४ हजार ५६२ जनामा परीक्षण गर्दा पीसीआर र एन्टीजेन गरेर चार हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ।

सोही अवधिमा पाँच हजार ९४२ जना डिस्चार्ज भएका छन् ।

देशभर अहिले सक्रिय संक्रमितको संख्या ८७ हजार ३२९ रहेको छ। २४ घण्टामा दुई लाख ७२ हजार ७४८ जनाले खोप लगाएका छन्।


लोकप्रिय छुटाउनुभयो कि ?