Logo

बीपी प्रतिष्ठानमा कोरोना संक्रमित महिलाको मृत्यु

                     
Logo १५ माघ २०७८, शनिबार १५:३०    

१५ माघ सुनसरी।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना सङ्क्रमणका कारण एक वृद्धा महिलाको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरि उपचारमा रहेकी सुनसरीको धरान उपमहानगरपालिकाकी ७६ वर्षीया वृद्धा महिलाको प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो ।

उनको उपचारकै क्रममा आज बिहान १ बजेतिर मृत्यु भएको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ ।

मृतक वृद्धा महिलाले कोरोना भाइरसविरुद्धको खोप समेत लगाएकी थिइन् । उनी मधुमेहको दीर्घरोगी रहेको प्रतिष्ठानले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?