Logo

स्थानीय तह निर्वाचन घोषणाको माग गर्दै युवा संघले सिरहाको गोलबजारमा प्रदर्शन

                     
Logo १५ माघ २०७८, शनिबार १५:१२    

१५ माघ लहान ।

सरकारले स्थानीय तहको निर्वाचनको मिति तोक्न आलटाल गरेको भन्दै युवा संघले प्रदर्शन गरेको छ ।

युवा संघ सिरहाले आज गोलबजारमा निर्वाचनको माग गर्दै संघीय सरकार विरूद्ध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘स्थानीय तहको चुनाव मिति घोषणा गर, अराजक मन्त्रीलाई बर्खास्त गर, किसानलाई समयमा मलखाद उपलब्ध गर’ जस्ता नारा लगाएका छन् ।

संघका सिरहा संयोजक जयप्रकाश शर्माको नेतृत्वमा गरिएको प्रदर्शनमा एमालेका हजारौं नेता कार्यकर्ता सहभागी थिए । 


लोकप्रिय छुटाउनुभयो कि ?