१४ माघ, काठमाडौं ।


पछिल्लो २४ घण्टामा देशभर थप ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १० जनाको मृत्यु भएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार १३ हजार ७९१ जनाको पीसीआर परीक्षण गर्दा ४ हजार ८०७ जना र ६ हजार ७८ जनाको एन्टीजेन परीक्षण गर्दा २ हजार २० जना गरी ६ हजार ८२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने पछिल्लो २४ घण्टामा १० जना संक्रमितकोा मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार २४ घन्टामा ५ हजार ४ सय ३२ जना संक्रमण मुक्त भएका छन् । मन्त्रालयका अनुसार नेपालमा सक्रिय संकमितको संख्या ८९ हजार ९४१ पुगेको छ ।












