१८ माघ कञ्चनरूप


सप्तरीका १८ स्थानीय पालिकामा १२ देखि १७ वर्ष उमेर समूहका बालबालिकालाई कोभिड विरुद्धको खोप लगाउने भएको छ ।
स्वास्थ्य कार्यालयले सूचना जारी गरेको सूचनामा १८ वटा स्थानीय तहमा पालिकाले तोकेको स्थानमा खोप लगाउन भनिएको भए ता पनि कञ्चनरूप नगरपालिका भने अन्य उमेर समुहका क्षतिहरूमा खोप सञ्चालन भैरेको हुदा मा २६ गते देखी २८ गने सम्म १२ देखि १७ वर्षका सबै बालबालिकालाई खोप लगाइने भएको छ ।

स्वास्थ्य कार्यालयले सूचना जारी गर्दै राजविराज, सप्तकोसी, सुरुङ्गा, हनुमाननगर कंकालिनी , खडक नगरपालिका , तिलाठी कोइलाडी, तिरहुत , अग्नीसाइर कृष्ण सवरण र महदेवा गाउँपालिकामा १८ गतेदेखि २० गतेसम्म खोप लगाइनेछ ।
यसैगरी शम्भुनाथ, डाक्नेश्वरी र बोदे बर्साइन नगरपालिका तथा रुपनी, विष्णुपुर, छिन्नमस्ता, राजगढ र बलाइ विहुल गाउँपालिकामा १९ गतेदेखि २१ गतेसम्म लगाइने स्वास्थ्य कार्यालयको सूचनामा उल्लेख छ ।













