Logo

सहिद दिवसको अवसरमा राजविराज जेसीजद्वारा दीप प्रज्वलन 

                     
Logo १६ माघ २०७८, आईतवार १९:५१    

रवि राय

माघ १६, राजविराज

राजविराजको गजेन्द्र चौकमा नेपालका वीर सहिदहरूको सम्झनामा दीप प्रज्वलन तथा मौन धारण गरिएकोछ ।

मुलुकमा प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना तथा विभिन्न कालखण्डको स्वतन्त्रताका लागि जीवन आहुति दिने सहिदहरू प्रति दीप प्रज्वलन गरी राजविराज जेसीजले श्रद्धाञ्जली स्वरुप  दीप प्रज्वलन तथा मौन धारण गरेको हो ।

दीप प्रज्वलन तथा मौन धारण कार्यक्रमको प्रमुख अतिथिको भूमिकामा रहेको राजविराज जेसीजका पूर्व अध्यक्ष जेसी सन्तोष सिन्हाले दीप प्रज्वलन गरि कार्यक्रमको सुरुवात गरेका थिए।

वि.सं. २०१२ सालदेखि नै प्रत्येक वर्ष माघ १० देखि १६ गतेसम्म शहीदको सम्झनामा विभिन्न कार्यक्रमका साथ सहिद सप्ताह मनाइन्छ । जहानिया राणा शासनको विरुद्धको आन्दोलनमा होमिदा वि.सं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणाशासकले मृत्युदण्ड दिएका थिए ।

नेपालको पहिलो शहीद भने लखन थापालाई मानिन्छ । थापालाई तत्कालीन राणा प्रधानमन्त्री जंगबहादुर राणाविरुद्ध प्रचार प्रसार गरेको आरोपमा वि.सं. १९३३ साल फागुन २ गते गोरखाको मनकामना मन्दिर नजिकै रुखमा झुण्डयाएर हत्या गरिएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?