Logo

कोरोनाबाट ३२ जनाको मृत्‍यु, ३५४० जनामा संक्रमण पुष्टि 

                     
Logo १६ माघ २०७८, आईतवार १७:२८    

१६ माघ, काठमाडौँ ।

कोरोना सङ्क्रमणबाट थप ३२ जनाको मृत्‍यु भएको छ भने ३ हजार ५ सय ४० जनामा संक्रमण संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा १३ हजार १४५ नमुना परीक्षण गर्दा तीन हजार ५४० जनाको कोरोना पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता संगीता कौशल मिश्रले जानकारी दिइन् ।

यही अवधिमा ६ हजार ३५९ जना संक्रमणमुक्त भएका छन् । यता, मृतकको सङ्ख्यामा ३२ जना थप भएका छन् । यसमध्ये वीरेन्द्र अस्पतालले ढिला गरी १२ जनाको मृत्युको रिपोर्ट दिएको हो भने बाँकी २० जना विभिन्न अस्पतालबाट १३ देखि १६ गतेसम्म प्राप्त भएको तथ्यांक हो । हाल देशभर ८३ हजार ९९९ जना सक्रिय संक्रमित रहेका छन् । 


लोकप्रिय छुटाउनुभयो कि ?