१६ माघ, राजविराज ।


सप्तरीमा पनि सहिद दिवसको अवसरमा आइतबार सहिद प्रभु नारायण यादवको शालिकमा माल्या अर्पण गरिएको छ ।
राजविराजस्थित जिल्ला समन्वय समिति सप्तरी परिसरमा रहेको सहिद यादवको शालिकमा माल्या अर्पण गरी सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादव, राजविराज नगरपालिकाका नगरप्रमुख शम्भुप्रसाद यादवसहित लगातयका व्यक्तिहरूले सालिकमा माल्या अर्पण गरेका हुन ।
सहिद प्रभुनारायण स्मृति ट्रस्टद्वारा आयोजना गरिएको उक्त कार्यक्रममा विभिन्न आन्दोलनमा सहादत प्राप्त गरेका सहिदहरू प्रति पनि श्रद्धाञ्जली अर्पण गरिएको थियो ।
शालिकमा माल्या अर्पणमा नेपाल निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियन सप्तरीका अध्यक्ष अजयकुमार झा, सहिद प्रभुनारायण स्मृति ट्रष्टका अध्यक्ष अवधेशकुमार झा, नेपाल पत्रकार महासङ्घका राष्ट्रिय परिषद् सदस्य मनोजकुमार माझी, जिल्ला सहसचिव चन्दनकुमार यादव, उमेशकुमार यादव लगायतले पनि सहिद यादवको शालिकमा माल्यार्पण गरेका हुन् ।
तत्कालीन जिल्ला विकास समिति सप्तरीमा नायब सुब्बा पदमा कार्यरत रहेका यादवको घर फर्किने क्रममा २०६४ कार्तिक १२ गते हत्या भएको थियो ।












