१८ माघ, काठमाडौं ।


नेपालमा थप ५ हजार २ सय ९२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने आठ जनाको मृत्यु भएको छ ।
देशभरमा १० हजार ३ सय ६८ पिसिआर परीक्षणका क्रममा ३ हजार ४ सय ७२ जना र ५ हजार ७ सय २० एन्टीजेन परीक्षणका क्रममा १ हजार ८ सय २० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप ८ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ७ सय ४३ जनाको कोरानोका कारण मृत्यु भएको छ ।












