Logo

जेठ ४ गते एकै चरणमा स्थानीय निर्वाचन गर्ने प्रस्तावमा छलफल

                     
Logo १८ माघ २०७८, मंगलवार १६:५४    

१९ माघ ,काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग आगामी जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने विषयमा छलफल गरेका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा निर्वाचन आयोगका प्रतिनिधिसँग प्रधानमन्त्री देउवाले जेठ ४ गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्न सकिने या नसकिने भन्ने विषयमा छलफल गरेका हुन् ।

गएको हप्ता सम्पन्न सत्तारुढ गठबन्धनको बैठकले आगामी जेठ महिनाभित्र स्थानीय तहको निर्वाचन गर्नुपर्ने निर्णय गरेको थियो । सत्तारुढ गठबन्धनको निर्णयकै आधारमा प्रधानमन्त्री देउवाले निर्वाचन आयोगसँग छलफल गरेका हुन् ।

निर्वाचन आयोगसँगको छलफलपछि सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?