१८ , माघ काठमाडौं, ।


पछिल्लो २४ घण्टामा ५ हजार ५सय८३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने नौ जनाको मृत्यु भएको छ ।।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्यांक अनुसार १७ हजार ६७४ जनाको नमूना परीक्षण गर्दा ५ हजार ५८३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार २४ घण्टामा १० हजार ७७६ जनाको पीसीआर परीक्षण गर्दा ३ हजार ६५७ जनामा संक्रमण पुष्टि भएको थियो ।
त्यस्तै ६ हजार ८९८ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ९२६ जनामा कोरोना पोजेटिभ देखिएको छ ।
मन्त्रालयका अनुसार आज ९ जनाको ज्यान गएको छ । ८ हजार २६७ जना डिस्चार्ज भएका छन् ।












