Logo

 १२ जनाको मृत्यु ,३ हजार ६१७ संक्रमित थपिए

                     
Logo १९ माघ २०७८, बुधबार १८:२०    

१९ माघ काठमाडौं ।

नेपालमा थप ३ हजार ६ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण १२ जनाको मृत्यु भएको छ

देशभर गरिएको ६ हजार ४ सय ९९ पिसिआर परीक्षणका क्रममा २ हजार २ सय ५ जना र ५ हजार ८३ एन्टीजेन परीक्षणका क्रममा १ हजार ४ सय ३२ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै थप ७ हजार ५५५ जना निको भएका छन् । हाल नेपालमा ६९ हजार २ सय ९१ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।


लोकप्रिय छुटाउनुभयो कि ?