Logo

राजविराज नगरपालिका वडा नं ४ मा नेकपा एसको ३१ सदस्य वडा कमिटी गठन

                     
Logo २२ माघ २०७८, शनिबार ११:३८    

रवि राय

२१ माघ राजविराज ।

सप्तरीको राजविराज नगरपालिका ४ मा नेकपा ( एकीकृत समाजवादी ) को ३१ सदस्य वडा कमिटी गठन भएको छ ।

राजविराज नगरपालिका ४ वडा स्तरीय कार्यकर्ता भेलाबाट शम्भु दासको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन भएको हो ।

उपाध्यक्षमा  नवीन कुमार सोनी र अमित नायक चयन भएका छन् भने सचिवमा विशाल साह उपसचिवमा अमन साह, महेश साह, सन्तोष साह चयन भएका छन् ।

कार्यक्रममा नेकपा एसका कावा .अध्यक्ष प्रताप नारायण चौधरी, जिल्ला कमिटी सदस्य भूपेन्द्र नारायण मंडल, छोटेलाल यादव , अनेमसंघ केन्द्रीय सदस्य अनार चौधरीको उपस्थिति रहेको बताइएको छ । उक्त भेलामा नेकपा (एस) का जनवर्गीय सङ्गठनका अन्य पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो । 


लोकप्रिय छुटाउनुभयो कि ?