२१ माघ कञ्चनरूप ।


मधेश प्रदेशमा हावाहुरी कारण मृत्यु भएका परिवारलाई मधेश प्रदेश सरकारले एकएक लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
आज बसेको मन्त्रिपरिषद्को बैठकले हिजो हावाहुरी कारण मृत्यु भएका परिवारलाई एक एक लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको बताइएको छ ।

शुक्रवार हावाहुरी कारण धनुषाको सबैला नगरपालिका -१२ स्थित फकिर चन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षीय अरबन्दी सदाको र रौतहटको बौधीमाई नगरपालिका १ स्थित इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
https://kanchan24.com/?p=11106












