Logo

 मेची महाकाली उल्टो पैदल यात्री सप्तरीमा ( भिडियो सहित )

                     
Logo २४ माघ २०७८, सोमबार ०९:२९    

२४ माघ , कञ्चनरूप ।

झापाको मेची पुलबाट मेची महाकाली उल्टो पैदल यात्रा सुरु गरेका दाङ तुलसीपुर ( ३ रानागाउँका ऋषि परियार आइतबार सप्तरी आइपुगेका छन्‌ ।

परियारले एक सात अघि काँकरभिट्टाबाट यात्रा सुरु गरेका थिए । झापा, सुनसरी हुदैं परियार ९ दिनमा सप्तरी आइपुगेका हुन्‌ ।

उल्टो पैदल यात्राको योजना बनाएर दाङको तुलसीपुरदेखि झापा पुगेका थिए ।

स्वास्थ्यका लागि मेचीमहाकाली उल्टो पैदल यात्रा नारा दिएका परियारले दुई महिनामा महाकाली पुग्ने योजना बनाएको बताए । हातले टेकेर यसअघि विश्व रेकर्ड ( गिनिज बुक ) मा नाम लेखाइ सकेका परियारले उल्टो यात्रा सकेर पनि आवेदन दिने बताएका छन्‌ ।

पैदल यात्री परियारले कोरोना मुक्त समाजको परिकल्पना गर्दै यात्रा प्रारम्भ गरेको बताए । उनीसँग स्थानीयले स्वागत गर्दै तस्वीर खिचेका थिए । उनलाई स्थानीय अधिकारकर्मी तथा विभिन्न सङ्घसंस्थाले सहयोग समेत गर्दै आएका छन्‌ ।

https://youtu.be/sNCP4HUMQaM


लोकप्रिय छुटाउनुभयो कि ?