Logo

भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

                     
Logo २३ माघ २०७८, आईतवार १०:४८    

२३, माघ  काठमाडौँ  ।

भारतकी चर्चित गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ ।

कोरोना संक्रमण भएपछि उनी २७ दिनदेखि अस्पतालमा उपचाररत थिइन् । उपचारकै क्रममा उनको निधन भएका  हो ।

उनले हजारौं गीत गाएको भारतीय मिडियाहरूले उल्लेख गरेका छन् । उनले थुप्रै नेपाली गीतहरू पनि गाएकी छन् ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले लताको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो ।

 


लोकप्रिय छुटाउनुभयो कि ?