रवि राय


२१ माघ राजविराज ।
सप्तरीको राजविराज नगरपालिका ९ मा नेकपा ( एकीकृत समाजवादी ) को ३१ सदस्य वडा कमिटी गठन भएको छ ।

राजविराज नगरपालिका ९ वडा स्तरीय कार्यकर्ता भेलाबाट राजेन्द्र प्रसाद यादवको अध्यक्षतामा ३१ सदस्य वडा कमिटी गठन भएको हो ।
कार्यक्रममा नेकपा एसका कावा अध्यक्ष प्रताप नारायण चौधरी, जिल्ला कमिटी सदस्य भूपेन्द्र नारायण मंडल, छोटेलाल यादव , अनेमसंघ केन्द्रीय सदस्य अनार चौधरीको उपस्थिति रहेको बताइएको छ । उक्त भेलामा युवा संघ नेपाल केन्द्रीय उपाध्यक्ष निरंजन कुमार झा बुद्धिजीवी परिषद् के.सदस्य भूपेन्द्र नारायण मंडल नेमसंघ जिल्ला अध्यक्ष ममता चौधरी, उपाध्यक्ष अम्बिका दाहाल, अनेरास्ववियु केन्द्रिय सचिव रवि कुमार राय, अनेरास्ववियु स्थायी कमिटी सदस्य सुनिता मिस्र ,युवा संघ नेपाल सप्तरी जिल्ला ईन्चार्ज छोटेलाल यादव, राजविराज वडा नं ४ वडा कमिटी अध्यक्ष शम्भुअन्य पदाधिकारीहरू लगायतको सहभागिता रहेको थियो ।












