Logo

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई

                     
Logo २५ माघ २०७८, मंगलवार १८:४९    

२५ माघ काठमाडौं ।

समाजवादी प्रेस संगठन झापाको अध्यक्षमा अनिलदेव राई चयन भएका छन् । मंगलबार झापामा भएको भेलाले राईको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्यसमिति गरेको हो ।

समितिको उपाध्यक्ष दिलिप थापा, सचिव रिता दाहाल, सहसचिव गोविन्द ल्वागुन, विमर्श उप्रेती, किशोर उपरकोटी, कोषाध्यक्ष कमल बुढाथोकीलाई जिम्मेवारी दिएको छ । सदस्यहरूमा नवराज सुवेदी, नकुल राजवंशी, डिकेन्द्र बस्नेत, जयकुमार राई, विनोद राजवंशी, सुभराज लामिछाने, शंकर भट्टराई र छत्रबहादुर राई रहेका छन् ।

कार्यक्रममा समाजवादी प्रेस संगठन केन्द्रीय उपाध्यक्ष तथा प्रदेश १ इन्चार्ज तीर्थ सिग्देल, केन्द्रीय सदस्य लिला बराल, पर्वत र्पोतेल, एकीकृत समाजवादी पार्टीमा केन्द्रीय सदस्य नीलमणि बराल, जिल्ला अध्यक्ष बेदराज रेग्मीलगायतको उपस्थिति थियो । दृष्टिबाट 


लोकप्रिय छुटाउनुभयो कि ?