२५ माघ काठमाडौं ।


कोरोना सङ्क्रमणका कारण नेपालमा थप ११ जनाको मृत्यु भएको छ । सोहि समयमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ११ हजार आठ सय ३८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार नौ सय ५७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी १२ हजार ६ सय ९२ जनाको नमुना परीक्षण गर्दा एक हजार नौ सय ५७ जनामा सङ्क्रमण पुष्टि भएको हो । यो विवरणमा व्यक्तिगत परीक्षण गरी एसएमएस र इमेलबाट प्राप्त जानकारी पनि समेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।













