२६ माघ काठमाडौं ।


२०७९ वर्षको माध्यमिक शिक्षा परीक्षा ( एसईई ) वैशाख ९ गतेदेखि हुने भएको छ ।
बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० सम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो । कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलोगरी परीक्षा तालिका तय गरेको हो ।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ ।












