Logo

सप्तरीका १ सय ८ वर्षीय बरिष्ठ ज्येष्ठ  नागरिकको निधन

                     
Logo २६ माघ २०७८, बुधबार १८:५७    

२६ माघ कञ्चनरूप ।

सप्तरीका १ सय ८ वर्षीय बरिष्ठ ज्येष्ठ  नागरिकको बुधबार बिहान आफ्नै घरमा निधन भएको छ ।

हनुमाननगर कंकालिनी नगरपालिका १४ निवासी १ सय ८ बर्षिया दुखो यादवको घरमा सुतेकै अवस्थामा बिहान ४ बजे तिर निधन भएको हो ।

केही दिन यता उनी अस्वस्थ रहँदै आएको नाति सूर्य नारायण यादवले बताए । उनी उक्त वडाका वडाध्यक्ष सत्य नारायण यादवका पिता समेत हुन् । जिल्लाकै सबभन्दा बढी उमेरका भनी अनुमान गरिएका यादवको निधनपछि बुधबार नै सप्तकोसी किनारमा उनको अन्तिम संस्कार गरिएको छ ।

जेठा छोरा रामप्रसादले दागबत्ती दिए । उनका पत्नी, ३ छोरा र दुई छोरी छन् । मधेश प्रदेशका समाजिक विकास मन्त्री नबल किशोर साह, जसपाका केन्द्रिय कार्यकारिणी समितिका सदस्य एवं राष्ट्रिय सभा सदस्य मृगेन्द्र कुमार सिंह यादव हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश प्रसाद साह जसपा मधेश प्रदेश समितिका सदस्य सुरजित सिंह गुडु जसपाका जिल्ला अध्यक्ष केदार यादव लगायत ठुलो सङ्ख्यामा जसपाका नेता कार्यकर्ता र स्थानीय उनलाई श्रद्धाञ्जली दिन कोशी किनार पुगेका थिए ।

मन्त्री साहले यादवको निधनले स्थानीय समाजलाई ठुलो क्षति पुगेको बताए, अत्यन्तै सरल, राम्रा व्यक्ति हुनुहुन्थ्यो, हाम्रो लागी ठुलो क्षति हो, मन्त्री साहले भने । हनुमाननगर कंकालिनी नगरपालिकाका प्रमुख शैलेश साहले भने, उनको निधनले दल विशेष मात्र नभएर विकास र सदभाव चाहने सबैलाई क्षति भएको छ ।

राष्ट्रिय सभा सदस्य मृगेन्द्र सिंह यादवले स्थानीय समाजमा उनले थालेको अभियानलाई पुरा गर्न सकेमा सच्चा श्रद्धाञ्जली हुने बताए । जसपा निकट तथा विभिन्न सामाजिक संस्थामा आवद्घ भई समाज सेवा समेत गर्दै आएका यादवको शव यात्रामा विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताका साथै ठुलो सङ्ख्यामा सर्वसाधारण सहभागी भएका थिए । राजधानीबाट  


लोकप्रिय छुटाउनुभयो कि ?