Logo

१४ जनाको मृत्यु ,२ हजार ४०१ संक्रमित थपिए

                     
Logo २६ माघ २०७८, बुधबार १९:०७    

२६ माघ काठमाडौं ।

नेपालमा थप २ हजार ४ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको छ ।

देशभर गरिएको ११ हजार ६ सय ३ पिसिआर परीक्षणका क्रममा १ हजार ८ सय ५१ जना र ४ हजार ७ सय ५३ एन्टीजेन परीक्षणका क्रममा ५ सय ५० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८ सय ५१ जनाको मृत्यु भएको छ । त्यस्तै थप ७ हजार ७ सय ७७ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ७० हजार ४ सय ६२ जना निको भएका छन् ।

हाल नेपालमा ३० हजार २ सय ४१ सक्रिय संक्रमित आइसोलेसन र १ सय ३३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । 


लोकप्रिय छुटाउनुभयो कि ?