२७ माघ काठमाडौं ।


सरकारले आउँदो वैशाख ३० गते स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेको छ । यसअन्तर्गत ६ महानगरपालिका, ११ उपमहानगरपालिका, २७६ नगरपालिका र ४६० गाउँपालिका गरी कूल ७५३ स्थानीय तहमा निर्वाचन हुनेछ ।
निर्वाचन आयोगले मंगलबार देखि मतदाता नामावली अद्यावधिक गर्ने कार्य सुरु गरेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले बताए । उनका अनुसार ७७ वटै जिल्ला निर्वाचन कार्यालयलाई सोमबारसम्मका संकलित मतदाता विवरण तीन दिनभित्र केन्द्रमा पठाउन निर्देशन दिइएको छ ।

यदि तपाईंले पनि फोटो सहितको नामावली दर्ता गर्नुभएको छ भने आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन हेर्न सक्नुहुन्छ । यसका लागि निर्वाचन आयोगले अनलाइन प्रणालीको व्यवस्था गरेको छ ।
तपाईंले निर्वाचन आयोगको वेबसाइटमा गएर आफ्नो नाम सूची करण भए नभएको हेर्न सक्नुहुन्छ । मतदाता नामावलीमा आफ्नो नाम छ कि छैन भनेर हेर्न सक्नु हुनर्छ ।
निर्वाचन आयोग नेपालको वेब साइटमा गएर तपाईंले आफ्नो प्रदेश, जिल्ला, वडा नम्बर र मतदान स्थलको विवरण छानेपछि तपाईंको क्षेत्रमा भएका सबै मतदाताहरूको विवरण देखिनेछ ।
तपाईंले आफ्नो नाम छानेपछि खुल्ने विवरणमा जन्ममिति वा नागरिकता नम्बर राखेपछि मतदाता नामावलीमा भएको तपाईंको सम्पूर्ण विवरणसहितको मतदाता परिचयपत्र देखिनेछ । टेकपाना बाट












