Logo

जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकको मृत्यु, २३ जना घाइते

                     
Logo २७ माघ २०७८, बिहीबार १९:११    

२७ माघ, उदयपुर।

उदयपुरगढी गाउँपालिका  ७ नागबेलि स्थित सडकमा जन्ती बोकेको ट्रयाक्टर दुर्घटना हुँदा एकजनाको ज्या गएको छ भने २३ जना घाइते भएका छन् ।

आज बिहान प्र २-०१-००१ त १०९६ नम्बरको ट्याक्टर आफैँ अनियन्त्रित भई सडकमा पल्टिँदा त्रियुगा नगरपालिका १४ का १९ वर्षीय मिलन मगरातीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएका २३ जनालाई उपचारको लागि जिल्ला अस्पताल गाईघाट लगिएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । घाइतेमध्ये चारजनाको अवस्था गम्भीर रहेको हुँदा थप उपचारको लागि न्युरो अस्पताल विराटनगर पठाइएको छ ।

ट्याक्टरमा चालकसहित २५ जना सवार रहेको र चालक फरार रहेका उनको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।अनलाइन खवरबाट


लोकप्रिय छुटाउनुभयो कि ?