२८ माघ , राजविराज ।


सप्तरीमा फागुन १ गतेदेखि स्वास्थ्य मापदण्डको पालना गरी शैक्षिक संस्थाहरू सञ्चालन हुने भएको छ ।
‘भाइरस विरुद्धको खोप नपाएका बालबालिकाहरूमा सङ्क्रमणको जोखिम कायमै रहेकोले १२ वर्षमुनिका बालबालिकाको हकमा तत्काललाई आलोपालो दिनमा कक्षा सञ्चालन हुन भन्दै आदेश जारी गरेका छन ।

प्रजिअ गौतमद्वारा शुक्रवार जारी आदेशमा उल्लेख भए अनुसार यस अघि माघ ६ र १७ गतेका आदेशहरू समेत खारेज गरेका छन् ।
सप्तरीमा ‘१२ वर्षमाथिका विद्यार्थीहरूले खोप लगाइसकेकोले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाउने आदेशमा उल्लेख छ
खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दा एक पटकमा दर्शक क्षमताभन्दा ५० प्रतिशत, पार्टी प्यालेसहरूमा पनि क्षमताको ५० प्रतिशत वा १ सय जना नबढ्ने गरी सञ्चालन गर्न भनिएको छ ।
शनिवार राति १२ बजेपछि लागू हुने आदेशमा डान्स बार, दोहोरी, नाच घर, क्लब लगायतका रात्रिकालीन व्यवसाय, सिनेमा हल, जिम क्लब, स्विमिङ पुलहरू स्वास्थ्य मापदण्डका पालना गरेर बढीमा राति १० बजेसम्म मात्र सञ्चालन गर्ने र बैठक, भेला, मेला, विवाह, व्रतबन्ध महोत्सव जस्ता भीडभाड हुने कार्यक्रम सञ्चालनमा पनि पूर्ण स्वास्थ्य मापदण्डका पालना गर्न भनिएको छ भने सो भन्दा बाहिर गएर कार्य गरेमा सङ्क्रामक रोग ऐन २०२० अनुसार कारवाही गरिने आदेशमा उल्लेख छ ।













