Logo

नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १ क को पदस्थापन एवं प्रमाणपत्र वितरण

                     
Logo २९ माघ २०७८, शनिबार १८:३६    

२९ माघ , कञ्चनरूप ।

नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १ प्रदेश क को पदस्थापन एवं प्रमाणपत्र वितरण गरिएको छ ।

शनिवार अग्निसाइर कृष्णासवरन गाउँपालिका वडा नं. ६ स्थित राष्ट्रिय मावि रतवालामा नवनिर्वाचित प्रदेश क समितिका पदाधिकारी र सदस्यहरूलाई पदको पदस्थापन तथा  प्रमाण पत्र वितरण गरिएको हो ।

कार्यक्रममा बोल्दै  नेपाली काँग्रेस केन्द्रीय सदस्य तथा सप्तरी जिल्ला सभापति दिनेश यादवले पार्टीको १४ औं महाधिवेशन पार्टीको आन्तरिक प्रतिस्पर्धा भएकाले यसको परिणामसँगै अब सबैजना एकैठाउँमा मिलेर पार्टीको संगठन विस्तारमा लाग्नुपर्ने बताए ।

उनले अधिवेशनका बेला आन्तरिक प्रतिस्पर्धालाई अब बिर्सेर अब आउने स्थानीय, प्रदेश र केन्द्रको निर्वाचनका लागि सबै आ–आफ्नो ठाउँबाट अगाडि बढ्नका लागि आग्रह गरे ।

कार्यक्रममा नेपाली काँग्रेस सप्तरी  उपसभापति भुवन आचार्यले लोकतन्त्रको संस्थागत विकासका लागि अब एकजुट भएर अगाडि बढ्नुको विकल्प नभएको बताए ।

कार्यक्रममा नेपाली काँग्रेस सप्तरी क्षेत्र नंं. १  सभापति ललन प्रसाद गुप्तले पार्टीको संगठन विस्तारलाई जोड दिँदै आगामी निर्वाचनमा पार्टीलाई बिजयी गराउने गरी लाग्नुपर्ने र बिपीको सपना साकार पार्न सबै आ–आफ्नो ठाउँबाट सशक्तरूपमा अगाडि बढ्नुपर्ने  एकले अर्कोलाई दोष दिएर होइन मिलेर गएमा मात्रै आगामी निर्वाचनमा विजय प्राप्त हुने बताए ।

कार्यक्रममा नेपाली काँग्रेस प्रादेशिक सभा १ ख का उमेश मिश्रले अब छिट्टै प्रतिपक्षी दलहरूसँग निर्वाचनमा जानुपर्ने भएकाले आगामी निर्वाचनका लागि एकढिक्का भएर तयारी गर्नुपर्ने बेला भएको बताए ।

कार्यक्रममा महाधिवेशन प्रतिनिधि डा. सुबोध पोखरेलले  विजेता र उपविजेता दुबै सँगसँगै रहेर संगठन विस्तारका लागि लागिपर्ने धारणा राखेका थिए ।

पदस्थापना पश्चात क्षेत्रीय क सभापति परशुराम चौधरीले वडाका टोल टोलमा पुग्ने गरी कार्यक्रम तथा योजनाहरू बनाउने र सबैलाई जिम्मेवारी दिएर संगठन विस्तारमा लाग्ने प्रतिबद्धता जनाए । उनले अहिलेसम्म भईरहेका कार्यक्रमको ढाँचालाई पनि परिवर्तन गरेर जाने तयारीमा रहेको बताए । पार्टीको आन्तरिक प्रतिस्पर्धामा विजेता उपविजेता सबैलाई समान ढंगले जिम्मेवारी दिएर सहकार्य गर्दै पार्टीको सङ्गठनलाई थप मजबुत बनाउँदै आगामी निर्वाचनमा बिजयी बनाउनतर्फ लाग्ने प्रतिबद्धता क्षेत्रीय १ क सभापति चौधरीले जनाएका थिए । कार्यक्रममा संविधान सभा सदस्य मुन्नी गुप्ताले सबैसँग सल्लाह, सुझाव तथा परामर्शका साथ अगाडि बढ्न आग्रह गरिन ।

कार्यक्रममा  महाधिवेशन प्रतिनिधि तथा कञ्चनरूप नगरपालिकाकी उप प्रमख निरू पोखरेल, महाधिवेशन प्रतिनिधि मिना चौधरी , हेम नारायाणन चौधरी तेज नारायण यादव, बलराम खङ्ग, रामअवतार यादव , भुवनेश्वर साफी शत्रुधन प्रसाद यादव, ज्योति झा हेमन्त जैन  सत्य जित झा, खगेन्द्र कर्ण मो नसार पार्वती देवी माझी बैजनाथ प्रसाद गुप्ता रमादेवी मण्डल कल्पना चौधरी ,महेन्द्र प्रसाद यादव तथा नेपाली कांग्रेस सप्तरी क्षेत्र नं.१  प्रदेश (क) उपसभापति जगत कटुवाल , सप्‍तकोसी नगर सभापति युवराज खनाल , अग्नीसाइृर कृष्ण सवरणका सभापति रोशन मडर लगायतका वक्ताहरू रहेका थिए भने क्षेत्रीय क सभापति परशुराम चौधरीको अध्यक्षता कार्यक्रम सम्पन्न भएको थियो । 

https://kanchan24.com/?p=11175


लोकप्रिय छुटाउनुभयो कि ?