

१ फाल्गुण, काठमाडौं ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध संसद्मा महाअभियोग दर्ता भएको छ । सत्तारुढ गठबन्धनका सांसदहरुले आइतबार बिहान ११ बजेर १० मिनेटमा संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

कानुनमन्त्री दिलेन्द्रप्रसाद बडू सहित ९८ जना सांसदले महाअभियोग प्रस्तावमा हस्ताक्षर गरेका छन् । महाभियोग प्रस्तावमा प्रधानन्यायाधीशले न्यायपालिकाको मर्यादामा आँच पुर्याएको, व्यक्तिगत स्वार्थमा लागिपरेको आरोप उल्लेख गरिएको छ ।
नेपाल बार एशोसिएसनले जबराको राजीनामा माग गर्दै लामो समयदेखि आन्दोलन गर्दै आएको छ । सर्वोच्च अदालतका न्यायाधीशहरूले पनि लामो समय इजलास बहिष्कार गरेका थिए ।
सर्वोच्च अदालतको नियमावली संशोधन गरेर गोला प्रक्रियाबाट पेशी तोक्न थालेपछि न्यायाधीशहरू बेञ्चमा फर्किएका छन् । तर प्रधानन्यायाधीश जबराले अझैसम्म मुद्दा हेरेका छैनन् । जबराले राजीनामा नदिएपछि बारले महाअभियोग लगाउन दलहरूको ध्यानाकर्षणसमेत गराएका थिए ।दृष्टिबाट












