१ फाल्गुन, राजविराज ।


नेकपा ( माओवादी केन्द्र ) राजबिराजले २७ औं जनयुद्ध दिवस मनाएको छ ।
राजबिराज को पवि मावि बाट निस्केको जुलुस राजविराज नगरको विभिन्न भाग परिक्रमा गरि गजेन्द्र चौकमा पुगी कोण सभा परिणत भएको थियो ।

कार्यक्रममा नेकपा ( माओवादी केन्द्र ) को जिल्ला सदस्य तथा राजबिराज नगर इन्चार्ज भानालाल यादव पार्टीको नगर अध्यक्ष तथा अखिल नेपाल ट्रेड युनियन महासंघ का मधेस प्रदेश सचिव केदार देव अखिल नेपाल ट्रेड युनियन महासंघ का सप्तरी जिल्ला अध्यक्ष रामचन्द्र यादव बाइसिएलका राजबिराज नगर अध्यक्ष सञ्जय कुमार यादव पार्टीको नगर उपाध्यक्ष गंगाराम खङ्ग लगायतका नेता कार्यकर्ताहरू को उपस्थिति रहेको थियो ।
कार्यक्रममा वक्ताहरूले महान जनयुद्ध को क्रममा सहादत प्राप्त महान सहिदहरू प्रति श्रद्धाञ्जली अर्पण बेपत्ता योद्धा र अपांग घाइतेहरू प्रति सम्मान प्रकट गर्दै जनयुद्धको विषयमा धारणा राखेका थिए । जनयुद्ध दिवसको अवसरमा मधेश प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा समेत दिएको छ ।












