Logo

नेकपा ( एस ) आवद्ध जनवर्गीय सङ्गठनहरूले सप्तरीमा एमसीसी विरुद्ध प्रदर्शन 

                     
Logo १ फाल्गुन २०७८, आईतवार १८:०६    

राजविराज १ फाल्गुन ।

नेकपा ( एकीकृत समाजवादी ) मा आवद्ध जनवर्गीय सङ्गठनहरूको आयोजनामा सप्तरीको राजविराजमा आइतबार एमसीसी विरुद्ध प्रदर्शन गरिएको छ ।

एमसीसी राष्ट्रिय हित, सुरक्षा र सार्वभौमिकता विपरित रहेको जानकारीसहित उनीहरूले सप्ताहलगायत देशभर प्रदर्शन गरेका हुन्

विरोधमा उत्रेका प्रदर्शनकारीले एमसीसी खारेज गर, वैदेशिक हस्तक्षेप अन्त्य गर , एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन लगायतका नाराबाजीसहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

एमसीसीको विरोधमा यतिबेला विभिन्न राजनीतिक दल र तीनका भ्रातृ सङ्गठनहरूले प्रदर्शन गर्दै आइरहेका छन् । नेपालमा एमसीसीको विषय पछिल्लो समय थप पेचिलो बन्दै गइरहेको छ । एमसीसी संसद्‌मा टेबल गर्ने कि नगर्ने भन्ने विषयमा सत्ता साझेदार दलहरू एकमत हुन सकेका छैनन् 

सप्तरी स्थित  नेकपा एकीकृत समाजवादी  पार्टी कार्यलयबाट निस्कको विरोध रयाली नगर परिक्रमा गरि दशन चौकमा कोण सभामा परिणत भएको थियो पार्टी निकट भ्रातृ सङ्गठनहरूले एमसीसी विरुद्ध देशव्यापी रुपमा एक साथ विरोध प्रदर्शन गरेका हुन् ।नेपाल खेलकुद महासंघ समाजवादी, अखिल नेपाल महिला संघ समाजवादी, अखिल नेपाल किसान महासंघ, युवा किसान संघ, समाजवादी प्रेस संगठन लगायतका भ्रातृ संस्थाहरूले विरोध प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा युवा संघ  नेपाल अध्यक्ष आनन्द यादव , बुद्धिजीवी परिसद का केन्द्रिय सदस्य नथुनी दास , समाजवादी प्रेस सङ्गठनका केन्द्रिय सदस्य नर्मदेव यादव ,अनेरास्ववियु   केन्द्रिय सचिव रबि राय , अनेम सङ्घकी जिल्ला अध्यक्ष ममता चौधरी ले मन्तव्य  दिएका थिए ।

यसअघि सो पार्टीका अध्यक्ष माधव कुमार नेपालले देशको अहित नहुनेगरी एमसीसी अगाडि बढाउन चाहेको बताएका थिए ।

एमसीसीका कारण रणभूमि बनाउने पक्षमा आफूहरू नरहेको उल्लेख गर्दै नेता नेपालले देशको हितमा कुठाराघात नहुने गरी एमसीसीलाई अघि बढाउन आफूले चाहेको पनि बताएका छन् ।  


लोकप्रिय छुटाउनुभयो कि ?