२ फाल्गुन कञ्चनरूप ।


कोभिड १९ को तेस्रो लहरका कारण बन्द भएका सप्तरीका सामुदायिक तथा संस्थागत विद्यालयहरू आज सोमबारदेखि खुलेका छन् । सरकारको कोभिड– १९ संकट व्यवस्थापन समन्वय केन्द्रले आवश्यक स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर शैक्षिक संस्थाहरू सञ्चालन गर्न सकिने व्यवस्था गरेपछि विद्यालयहरू खुलेका हुन् ।
समन्वय केन्द्रले विद्यालय सञ्चालन गर्दा १२ वर्ष उमेर पूरा भएका विद्यार्थीलाई नियमित रूपमा र १२ वर्ष नपुगेका विद्यार्थीहरूको हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्न निर्देशन दिएको हो ।

सप्तरीमा ‘१२ वर्षमाथिका विद्यार्थीहरूले खोप लगाइसकेकोले जनस्वास्थ्य र सुरक्षाको मापदण्ड परिपालना गर्ने गरी शैक्षिक संस्थाहरू सञ्चालन गर्न पाउने माघ २९ को लिखित आदेशमा उल्लेख गरिएको थियो
खेलकुद कार्यक्रमहरू सञ्चालन गर्दा एक पटकमा दर्शक क्षमताभन्दा ५० प्रतिशत, पार्टी प्यालेसहरूमा पनि क्षमताको ५० प्रतिशत वा १ सय जना नबढ्ने गरी सञ्चालन गर्न भनिएको थियो ।












